Close sidebar

कालिञ्चोक गाउँपालिकाको ३ घरमा आगलागी हुँदा १८ लाख बरावरको क्षति

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ स्थित तीन वटा घरमा आगलागी भएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ स्थित बिसमुरे टोलका खड्ग खत्री, दिपक खत्री र महेन्द्र खत्रीको घरमा आगलागी भएको हो । प्रहरीका अनुसार तीन वटा घरमा आगलागीबाट अनुमानित १८ लाख बरावरको क्षति भएको छ ।

मंगलबार साँझ बिजुलीको तार सर्ट भई भएको आगलागीबाट घरभित्रका अन्नपात, लत्ताकपडा, गरगहना जलेर नष्ट भएका छन् । आगलागीबाट खड्ग खत्रीको पाँच लाख पचास हजार, दिपक खत्रीको ८ लाख र महेन्द्र खत्रीको पाँच लाख बराबरको सरसामान, अन्नपात, लत्ताकपडा, सुन, गरगहना क्षति भएको प्रहरीले जनाएको छ । एक घरमा विद्युत सर्ट भएर सुरु भएको आगलागी सँगै जोडिएका घरमा पनि फैलिएको स्थानीयले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?