अझै पनि सेयर किन्दा ११ बैंक तथा वित्तीय संस्थाहरूको लाभांश पाइने
नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत पब्लिक कम्पनीहरुले धमाधम वार्षिक साधारणसभा आयोजना गरिरहेका छन् । कतिपय कम्पनीले साधारणसभामार्फत लाभांश समेत स्वीकृत गराइरहेका छन् भने कतिपय कम्पनीले लाभांश प्रस्तावविना नै साधारणसभा गरिरहेका छन् ।
अझै पनि केही माइक्रोफाइनान्स, विकास बैंक, फाइनान्स तथा वाणिज्य बैंकको सेयर खरिद गर्दा लाभांश पाइन्छ । लाभांश घोषणा गरिसकेका तर कम्पनीको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइनसकेका कम्पनीको सेयर खरिद गर्दा लाभांश पाइन्छ । सार्वजनिक सूचनामार्फत कम्पनीहरुले साधारणसभा बोलाउँदै बुक क्लोजको मिति घोषणा गरिरहेका छन् ।
Advertisement
बैंक, विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्स समूहका ११ कम्पनीको लाभांश घोषणा भइसकेको तर बुक क्लोज हुन बाँकी छ । त्यसकारण यी ११ बैंक तथा वित्तीय संस्थाहरूको सेयर खरिद गर्नेहरु अझै पनि लाभांशका लागि हकदार हुनेछन् ।
वाणिज्य बैंक : लाभांश घोषणा गरेर बुक क्लोज नभएको वाणिज्य बैंकमा एउटा मात्रै बाँकी छ– लक्ष्मी सनराइज । सो कम्पनीको आगामी बिहीबार बुक क्लोज हुँदैछ । तसर्थ बुधबारसम्म कम्पनीको सेयर खरिद गर्नेले ७ प्रतिशत बोनस सेयर पाउँछन् ।
Advertisement
विकास बैंक : लाभांश घोषणा गरेर बुक क्लोज हुन ४ वटा विकास बैंक मात्रै बाँकी छन् । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंक । मुक्तिनाथ र महालक्ष्मी विकास बैंकको बुधबारसम्म सेयर खरिद गर्नेले लाभांश पाउनेछन् ।
मुक्तिनाथको ९.७५ प्रतिशत बोनस सेयर र महालक्ष्मीको ६.४ प्रतिशत नगद (करसहित) लाभांश घोषणा भएको छ । त्यस्तै गरिमा र लुम्बिनीको आज सोमबारसम्म सेयर खरिद गर्नेले मात्रै लाभांश पाउने छन् । गरिमाले ९.५ प्रतिशत बोनस र लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस तथा ४.५ प्रतिशत नगद (करसहित) लाभांश दिँदैछ ।
Advertisement
फाइनान्स : लाभांश घोषणा गरेर बुक क्लोज हुन बाँकी फाइनान्स कम्पनीमा श्री इन्भेस्टमेन्ट फाइनान्स मात्रै बाँकी छ । सो कम्पनीको आगामी बिहीबारसम्म सेयर खरिद गर्नेले ५.०५ प्रतिशत नगद (करसहित) लाभांश पाउने छन् ।
प्रतिक्रिया