Close sidebar

रविलाई गृहमन्त्री श्रेष्ठको जवाफ : खुट्टा उचाले पनि समाइन्छ

बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच जुहारी चलेको छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले गृहमन्त्रीमाथि गम्भीर आरोपहरु लगाएका थिए । कुनै समय इमानको राजनीति गर्ने श्रेष्ठ पदको लोभमा रहेको नारायणकाजी श्रेष्ठमा रुपान्तरित भएको तथा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका प्रहरी अधिकृतहरुको सरुवा गरेको, सुन प्रकरणमा प्रहरीलाई राम्रोसँग काम गर्न नदिएको उनको आरोप थियो ।

Advertisement

Advertisement

गृहमन्त्री श्रेष्ठप्रति आक्रामक रुपमा प्रस्तुत भएका पूर्व गृहमन्त्री लामिछानेले संविधानको मर्म विपरीत राष्ट्रियसभामा आएको, गृह मन्त्रालयका लागि मरिहत्ते गरेको र आफूप्रति प्रतिशोध राखेको आरोप लगाए । ‘हामी सरकारमा आउन लाग्यौं । यो सरकारमा आयो भने यसले गृह मन्त्रालय लिन्छ कि क्या हो भन्ने कसैले भनिदिएर त्यसमा लाग्नु भयो कि भन्ने मलाई शंका लाग्यो’ लामिछानेले गृहमन्त्री श्रेष्ठलाई भने, ‘म र मेरो दल यो रेसमा छैनौं ।’

लामिछानेपछि बोलेका कांग्रेस महामन्त्री गगन थापाले पूर्व गृहमन्त्रीले बहालवाला गृहमन्त्रीमाथि लगाएका आरोप गम्भिर भएको भन्दै समितिको ध्यानाकर्षण गराएका थिए । सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण लगायतका विषयमा लामिछानेले उठाएका प्रश्न गम्भिर भएको भन्दै थापाले भनेका थिए– यो अब उहाँहरुको निजी विषय रहेन, समितिमा आएपछि गम्भिर भएर हेर्नुपर्छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?