प्रभु बैंक लि. को सिंगटी शाखा कार्यालयले ATM सञ्चालनमा ल्यायो ।
प्रभु बैंक लिमिटेडले आफ्नो शाखा कार्यलयहरुमा ATM सेवा विस्तार गर्ने कममा मिति२०८१/०७/१४ देखि कालिन्चोक गाउँपालिका वडा नं. ०३ स्थित सिंगटीमा आफ्नो नयाँ ATM जडान गरी कारोबार सञ्चालनमा ल्याएको छ। बैंकको सिंगटी शाखा कार्यालयमा जडान गरीएको ATM को समुद्घाटन कालिञ्चोक गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दल बहादुर तमाङले उद्घाटन गरेका हुन ।
बैंकको सिंगटी शाखा कार्यालयको ATM समुद्घाटन गर्दै दल बहादुर तमाङले प्रभु बैंकले आफ्नो ग्राहक महानुभावहरुको सुविधाको मध्यनजर राख्दै घन्टौं सम्म बैंकमा लाइन बसी नगद झिक्नु पर्ने बध्यतालाई अन्त्य गर्ने हेतुले स्थापना गरीएको उक्त ATM ले सम्पूर्ण ग्राहक महानुभावहरुलाइ फाईदा पुग्नुको साथै शाखा कार्यलय भित्र अनावश्यक भिडभाड नहुने र समयको बचत समेत हुने बताए ।
Advertisement
प्रभु बैंकले आगामी दिनहरुमा स्थानिय क्षेत्रको आर्थिक विकासको लागि विशेष योगदान सहितका कार्यक्रमलाई अगाडि लैजाने आशा सहित बैकंको उत्तोरउत्ततर प्रगतीको शुभकामना व्यक्त गरेका छन । बैंकको सिंगटी शाखा कार्यालयको ATM समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको सिंगटी शाखा कार्यालयको ATM मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले सरल र सहज ढङ्गले नगद झिक्ने सुविधा उपभोग गरी लाभान्वित हुने देखिएको छ ।
प्रतिक्रिया