Close sidebar

साना तथा मझौला व्यवसायी महासंघ जिल्ला कार्यसमिति दोलखाको अध्यक्षमा नसिव कायस्थ विर्वाचित

भवानी खड्का दाेलखा /
साना तथा मझौला व्यवसायी महासंघको जिल्ला कार्यसमितिको अध्यक्षमा नसिव कायस्थ निर्वाचित भएका छन् । साना तथा मझौला व्यवसायी महासंघ नेपाल एसएमइले विभिन्न जिल्लामा महासंघको शाखा सञ्चालनको लागि जिल्ला कार्यसमिति गठन गर्दै आएको छ । बुुधबार एक कार्यक्रम सञ्चालन गरेर कार्यसमिति चयन गरिएको हाे कार्यक्रममा अध्यक्ष नसिव कायस्थ,उपाध्यक्ष इराज खड्का,सचिव राजकुमार ढुंगेल,कोषाध्यक्ष सिर्जना केसी, तथा सदस्यहरु विष्णुराज शिवाकोटी, अम्विका बयलकोटी,लक्ष्मी चौंलागाई,जीपछिरिङ शेर्पा,गोपाल मुुगा्रती,सुदिप पोखरेल,शर्मिला मुुग्राती सहित ११ जनाको साना तथा मझौला व्यवसायी महासंघ दोलखा निर्वाचन सम्पन्न भएको हो ।
साना तथा मझौला व्यवसायी महासंघ नेपालको गठन मुलुकलाई आर्थिक विकास तथा वातावरणीय रुपले समुन्नत र समृद्ध समाजको निर्माण गर्ने उद्येश्यले भएको कार्यक्रमका प्रमुख अतिथि साना तथा मझौला व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हरिझक्त पराजुलीले बताउनुभएको थियो । वि.स. २००३ सालमा दर्ता भएको साना तथा मझौला व्यवसायी महासंघ नेपालले व्यापारको वातावरण निर्माण गर्ने,व्यापारलाइ कसरी प्रबर्द्धन गर्ने, कसरी अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने, देशभर छरिएर रहेका व्यापार तथा व्यवसायीहरुलाई एउटै थलोमा राखि उनीहरुको पूूँजी र क्षमतामा विकास गर्दै अर्थतन्त्रलाई दिगो बनाउने भन्ने यस महासंघको ध्येय रहेको पनि बताए ।

 

Advertisement

Advertisement


नेपालकोे आथिक विकासको मेरुदण्ड उद्योग व्यवसाय नै भएकोले आवश्यक्ताअनुसार नयाँ नयाँ व्यवसाय गर्न चाहने व्यवसायीहरुका लागि समेत साना तथा मझौला व्यवसायी महासंघ नेपालले सहजीकरणको कार्य गरेको महासंघका केन्द्रिय सदस्य यशोधा दहालले बताए । नेपालमा गलैंचा, पस्मिना, हस्तकला, ढाका,परम्परागत कृषि तथा औषधीजन्य वस्तुुलगायतका २९ प्रकारका वस्तुहरु उत्पादन हुन्छन् । यि वस्तुहरु परनिर्भरतायुक्तm अर्थनीतिबाट सञ्चालन नगरी सिपमुलक जनशक्तिको उचित प्रयोगबाट उर्जा,पर्यटन, ओद्योगिक,उतपादन गर्न, श्रम,सिप र आधुनिक प्रविधिको प्रयोगबाट औद्योगिकिकरण गर्न महासंघको भूमिका आवश्यक पर्ने पनि दहालको भनाइ रहेको थियो । दोलखामा उत्पादन हुने मुख्य उत्पादन के हुने, व्यवसायीहरुमा उतपन्न निरासा कसरी हटाउने,नेपालको जनशतिm नेपाल मै टिक्न सक्ने वातावरण कसरी सिर्जना गर्ने,उत्पादित वतुहरुको बजारको ग्यारेन्टी लगायतका कार्यमा दोलखामना निर्वाचित समितिले भूमिका खेल्नुपर्ने कार्यक्रममा शुभकामना मन्तव्य राख्दै परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शर्मिला शापकोटाले बताए । जनसंख्या नभएकै कारण व्यापार नभएको अध्यक्ष नसिव कायस्थले बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?