Close sidebar

दोलखाको विगु गाउँपालिका २ वराङमा झगडापछि बिरामी भएका युवक ठकुरीको मृत्यु

सिंगटी/ दोलखाको विगु गाउँपालिका वडा नं.२ वराङमा झै–झगडापछि बिरामी भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा साेही वडाका अन्दाजी २२ वर्षिय धिरज ठकुरी रहेका छन् । स्थानीयका अनुसार दुई दिन अघि स्थानीय २९ वर्षिय नारायण तामाङ सँग आपसी झगडा भएको बताउँछन् झगडा पछि ठकुरी बिरामी परेका थिए उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पताल प्रशासनकाे अनुसार एक्सरे रिपोर्टमा मृतकको छातीको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिन्छ । मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पताल ल्याईएको छ तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ जिल्ला प्रहरी कार्यालय दोलखाले घट्नाबारे अनुसन्धान भैरहेको र पोष्टमार्टम रिर्पोट आएपछि मृत्युको कारण भन्न सकिने बताएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?