मन्थली किर्ने तामाकोसी चरिकोट सडक सुचारु
चरिकोट / पुष्पलाल राजमार्ग अन्तर्गत मेलुङ गाउँपालिका – ७ स्थित मालुखोला नजिकै अवरुद्ध भएको सडक मर्मतपछि संचालनमा आएको छ । मेलुङकाे ज्यामिरेमा अवरुद्ध सडक मर्मतपछि केही बेर अघि सञ्चालनामा आएको मेलुङ गाउँपालिकाका स्थानीय कर्ण बहादुर खड्कालेजानकारी दिएका छन् ।
आज बिहान ७ बजे देखि अवरुद्ध सडक करिब ५ घण्टा पछि खुलेको हो । सडक खुलेपछि दुई तर्फी नै रोकिएका सवारी साधन र यात्रुहरु गन्तव्य तर्फ लागेका छन् डिभिजन सडक कार्यालय चरिकोट दाेलखाले अवरुद्ध सडक गाउँपालिका सग समन्वय गरेर सुचारु गराएको हाे ।
प्रतिक्रिया