Close sidebar

सिंगटी बजार माथिकाे भू-भाग चर्किदा झरेको पहिराेले सिंगटी बजार नै जोखिममा

 

 

Advertisement

Advertisement

सिंगटी / दाेलखा जिल्लाको कालिञ्चोक गाउँपालिका-३, सिंगटी बजारमा माथिको भू-भाग चर्किदा सिंगटी बजार नै जोखिममा परेको छ । साेही बजार भन्दा माथि चिनयिा सरकारकाे सहयोगमा बनेको कालिनाग माध्यमिक विद्यालयको भवन तथा त्यस क्षेत्रमा बनेका भौतिक संरचनाहरु समेत पहिरोको जोखिममा परेको छ । लामिडाँडाको सिंगटी बजार नजिकै पहिरो जान थालेपछि विद्यालयको आधुनिक भवनका साथै प्राथमिक स्वास्थ्य केन्द्र र विभिन्न जलविद्युत आयोजनाहरुका प्रशारण लाइनका टावरहरू पनि जोखिममा परेका छन् । कालिञ्चाेक गाँउपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले सिंगटी बजारलगायत संरचनाहरूलाई समयमै पहिरो रोकथामका उपाय नअपनाए ठूलो क्षति हुन सक्ने बताएका छन । अहिले साे बजार क्षेत्रमा माथिबाट केही स्थानमा चर्किएको र बजार क्षेत्रलाई समेत जोखिम बढाएको उहाँको भनाई रहेको छ । सडक र बजार क्षेत्रमा ढुंगामाटो खस्न थालेको छ, ठूलो वर्षाले पहिरोको सम्भावना झन् बढाएको उपाध्यक्ष बुढाथोकीले बताएका छन् सरकार तथा उत्तरी क्षेत्र रहेका अपर तामाकोशी हाईड्रोपावर तथा उत्तरी क्षेत्रमा बनेका जलविद्युत आयोजनाहरुको ध्यान यस विषयमा जान आवश्यक रहेको छ ।” पहिरो रोकथामका उपाय चाँडै नअपनाइए, ठूलो मानवीय र संरचनात्मक क्षति हुनसक्ने संभावना रहेकोले यस समस्यालाई सम्बोधन गर्न आवश्यक पहल भइरहेको भनाई सडक डिभिजन कार्यालय काे छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?