Close sidebar

उद्योग संचालनका निम्ती सरकार गम्भीर देखिएन: घनश्याम रिजाल

काठमाडौं / राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले दोलखाको खरिढुुङ्गा म्याग्नेसाईट उद्योग सञ्चालनका निम्ति सरकारसँग माग गरेका छन ।

मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसद रिजालले उक्त माग गरेका हुन । सांसद रिजालले उक्त बैठकमा देशको वर्तमान अवस्था, बैदेशिक ऋण, ब्यापार घाटा र खरिढुुङ्गाको विषयलाई जोडदार रुपमा उठाएका थिए।

Advertisement

Advertisement

चाँडपर्व मनाउने, मलामी जाने, दु:खमा साथ दिने जस्ता मानवीय कार्यमा युवाहरुको अभाव र संटक रहेकोप्रति चिन्ता व्यक्त गर्दै रिजालले रेमिट्यान्सले देशको दिगो विकास हुन नसक्ने धारण राखेका छन ।

रोजगारी सिर्जना गरेर मुलुकलाई समृद्ध बनाउने काममा युवाहरुलाई परिचालन गर्न राज्य चुकेको रिजालको भनाई छ। दु:खको भंगालो भित्र देशको दुःखदायी चित्र हेरेर बस्नुपरेको बताउदै रिजालले भन्नुुभयो,’आज देशमा युवाहरु छैनन्। साँस्कृतिक पर्व मनाउनेदेखि दु:खमा साथ दिने काममा युवाहरुको अभाव खट्किएको छ। यस्तो दु:खदायी अवस्थाबाट देश अलिरहेको छ। यसको समाधान गर्नका निम्ति राज्यको ध्यान जान सकिरहेको छैन। देशमा बन्द भएका सम्पूर्ण कलकारखाना तथा उद्योगहरु खोल्नुपर्छ भन्दै धादिङको सिसा खानी, नवलपरासी र रामेछाप ठाेसेको फलाम खानीको उत्खनन् गर्नका निम्ति सरकारले उचित कदम चाल्न समेत आग्रह गरेका छन । भने दोलखाको खरिढुङ्गा म्याग्नेसाइट उद्योगको बारेमा सरकार जिम्मेवार नभएको भन्दै जिम्मेवार हुन आग्रह गरेका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?