Close sidebar

विगु गाउँपालिकामा कर्मचारी माथि अभद्र व्यवहार कर्मचारीले ‘पेन डाउन’ गरे ।

२८ सिंगटी/ दाेलखाकाे विगु गाउँ पालिकाका सम्पूर्ण कर्मचारीहरू आन्दोलित भएका छन् ।

पालिकामा कार्यरत निजामती कर्मचारी एवम् अन्य सबै कर्मचारी एकजुट भएर ‘प्रमुख प्रशासकिय अधिकृत ’ लक्ष्मी प्रसाद रिजालको नेतृत्वमा २५ गतेदेखि ‘पेन डाउन’ गरिएका छन् ।

Advertisement

Advertisement

कानुनमा निर्दिष्ट गरिएका १७ प्रकारका अत्यावश्यक सेवा बाहेकका सेवाहरू प्रवाह नगर्ने गरी भइरहेको अनिश्चितकालीन ‘पेन डाउन’ कार्यक्रमले सेवा प्रवाह अवरुद्ध रहेको आन्दोलनमा सहभागी कर्मचारीहरूले बताएका छन्।‘स्थानीय तह कर्मचारीले दबाबमूलक कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।

विगु गाउँपालिका अध्यक्ष संजिव अाेलीले कर्मचारीहरु माथि अभद्र व्यवहार गरेकोले कर्मचारीहरु आन्दोलित भएका हुन् ।आन्दोलनको नेतृत्व लक्ष्मीप्रसाद रिजालले गरेका छन् यसरी गाउँ पालिकामा पहिलो पटक ‘पेन डाउन’ गरेर आन्दोलन भएको हो ।

Advertisement


विगतमा पनि विगुमा जनप्रतिनिधिले कर्मचारी माथि अनावश्यक दबाब दिने गरेको सुनिन्थ्याे तर याे पटक भने कर्मचारीहरुले निर्णय नै गरेर आन्दोलित भएका हुन पटक-पटक कार्यालयकाे कर्मचारीहरु माथी अनावश्यक दबाब दिने, गालि गर्ने ,कर्मचारीकाे दायित्व र जिम्मेवार भित्र रहेको काममा बारम्बार धम्की दिने गरेकाले अहिले पेन डाउन गरेर सुरु गरेकाे बताएका छन् । हाम्रा मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा समेत दिन सक्छाैं भनेका छन् कर्मचारीहरु भन्छन् अन्यथा हामी त्यहीँ अनुसारको हाम्रो आन्दोलनको कार्यक्रम तय गर्छाै ।

विकास निर्माणका कामकाज सम्पन्न भएता पनि अन्य कामकाज भने प्रभावित भएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?