दोलखाका स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकमा छनोट
काठमाडौं । दोलखाका स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को लागि छनोट भएका छन्। बुधबार लैनचौरस्थित टेबल टेनिस हलमा भएको दक्षिण एसियाली छनोटअन्तर्गत पुरुषतर्फ फाइनलमा संयोक कपालीलाई ४–३ को सेटमा हराउँदै स्यान्टु ओलम्पिकको लागि छनोट भएका हुन्।
यसअघि नेपालबाट तेक्वान्दोका संगिना वैद्य र दीपक विष्ट मात्र सीधै ओलम्पिकमा छनोट भएका थिए। नेपालले फाइनलसँगै इतिहासमै ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी स्यान्टु पाएको छ। टेबल टेनिस इतिहासमा नेपाल पहिलोपटक ओलम्पिकमा छनोट भएको हो।
Advertisement
यसअघि सेमिफाइनलमा श्रीलंकन खेलाडीलाई हराउँदै संयोक कपाली र स्यान्टु श्रेष्ठले फाइनलमा स्थान बनाएका हुन्। महिलातर्फ माल्दिभ्सकी धिमा फतिमा अलीले सीधै ओलम्पिकमा स्थान बनाइन्। फतिमा माल्दिभ्सको टेबल टेनिस इतिहासमा पहिलोपटक ओलम्पिकमा स्थान बनाउने खेलाडी हुन्।
प्रतिक्रिया