Close sidebar

दोलखाका सुवेदीको हत्या भएको प्रहरी निष्कर्ष, सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । दोलखाका विष्णुप्रसाद सुवेदीको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । भीमेश्वर नगरपालिका–२ का सुवेदीको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । उनको हत्या भएको निष्कर्षमा पुगेपनि उनलाई जीवितै जलाइएको हो वा हत्यापछि जलाइयो भन्नेबारे प्रहरीले एकिन गर्न सकेको छैन । सुवेदीको हत्या विभत्स र दर्दनाक देखिएपछि गहिरो अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली समेत खटिएको छ ।

गएको चैत ३० मा बुद्धचित्तको रुख काटेको घटनामा अनुसन्धान गर्न काभ्रे पुगेको सीआईबीका प्रहरी निरीक्षक सुनिल धोजुँकै टोलीले सुवेदीको हत्या अनुसन्धान सुरु गरेको हो । काभ्रेका डीएसपी राजुकमार श्रेष्ठले सीआईबीको टोलीले प्राविधिक रूपमा अनुसन्धानमा सहयोग गरिरहेको जानकारी दिए । सीआईबीको जघन्य अपराध अनुसन्धान पिलरमा कार्यरत सुनिलको टोलीले जटिल प्रकृतिका घट्ना अनुसन्धानमा सफलता प्राप्त गर्दै आएको छ ।

Advertisement

Advertisement

सुवेदीको शव काभ्रेको पाँचखाल नगरपालिका–४, जिरो किलो नजिकको वनको एक रुखमा बाँधेर जलाईएको अवस्थामा फेला परेको थियो । उनको घाँटी र खुट्टामा फलामको तारले रुखमा बाँधेर जर्लाइएको अवस्थामा फेला परेको शव मंगरबार मात्रै सुवदीको रहेको पुष्टि भएको थियो । शव फेला परेको पाँच दिनपछि मात्रै पोष्टमार्टम र सुवेदी परिवारको सहयोगमा प्रहरीले शवको पहिचान गरेको थियो ।
पछिल्लो समय ललितपुरको टीकाथली बस्दै आएका सुवेदी २३ वैशाखदेखि ललितपुर घरबाट निष्केपछि सम्पर्कविहिन थिए ।

मृतक सुवेदीले बोक्ने मोबाइल पनि घरमै छाडेर हिँडेका थिए । प्रहरीले घटनास्थल नजिकको टावरसँग कनेन्सन भएका मोबाइलको बीटीएस अध्ययन गरिरहेको छ । शंकास्पद मोबाइल नम्बर संकलन गरेर प्रहरीले सोधपुछ थालिसकेको छ । दुई छोरा र एक छोरी रहेका सुवेदी व्यवसायी हुन् ।

Advertisement

 

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?