Close sidebar

मझुवा भीरमा रक क्लाइम्बिङ गर्ने क्रममा लडेर १ युवककाे मृत्यु

खाेटाङ /
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा रक क्लाइम्बिङ गर्ने क्रममा एक युवाको मृत्यु भएको हाे ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रको मझुवाभीरमा रक क्लाइम्बिङ आकर्षक बन्दै गएको थियो  ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५, लफ्याङ स्थित मझुवा भीरमा रक क्लाइम्बिङ गर्ने क्रममा लडेर दिक्तेल-१, हाटडाडाँका ३५ वर्षीय सुचन राईको मृत्यु भएकाे छ युवकको मृत्युुमा भने NCSAले पनि दु: ख व्यक्त गरेकाे छ पछिल्लो समय युवा पुस्ता यो खेलमा रमाउन थाले पनि सुरक्षाको दृष्टिकोणले जाेखिम मानिन्छ याे खेल विगतमा दाेलखा , पोखरा, काठमाडौं, सोलुखुम्बुमा पनि संचालन भई सकेको छ भिरबाट लडेपछि साँझ ६ बजे उनलाई जिल्ला अस्पतालमा ल्याइएको थियो । ७ बजेतिर अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

Advertisement

Advertisement

करिब ३२ मिटर अग्लो मझुवाभिरमा गत चैत अन्तिममा रक क्लाइम्बिङको परीक्षण गरिएको थियो । नेपाल नेसनल माउन्टेन गाइडले रुट बनाएको थियो । रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक संघले ६ दिनको तालिमसमेत दिएको थियो । तालिममा सातजना स्थानीय युवा र सशस्त्र प्रहरी बल हलेसी गुल्मका पाँच गरी १२ जनाले तालिम लिएका थिए । यसमध्ये सूचन पनि एक थिए ।

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?